मुना मदन भन्दा बडि माया गर्छु भन्छौ लौ अचम्मै पो छ त हौ।
जिन्दगीभर साथ दिन्छु भन्छौ लौ अचम्मै पो छ त हौ।।
तिमी गोरि छौ म कालो छु देख्दै खेरी पनि
खै कसरी जोडि सुहाउछ भन्छौ लौ अचम्मै पो छ त हौ ।
तिमी सुखमा हुर्केकी म दुखमा हुर्केको केटो
भागौ बाहिर कतै बसौ भन्छौ लौ अचमै पो छ त हौ ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: