कुटो गर्नुपर्छ कोदालो गर्नुपर्छ
सुखदुखमा हातेमालो गर्नुपर्छ
तिम्रो शहरमा जस्तो सुबिधा छैन
यता सधै उकालो ओरालो गर्नुपर्छ
हिलो धुलो भन्न पाउदै पाउदैनौँ
अर्मोपर्मो चल्दा पालैपालो गर्नुपर्छ
मोटरगाडि गाको छैन हाम्रा गामँमा
भारि बोक्न अझै डोकाडालो गर्नुपर्छ
मन्जुर छेऊ भने सर्तहरु मान्न
यै मंसिरमा टिकाटालो गर्नुपर्छ
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: