म भइसकेँ तिम्रै तस्विर किन चाहियो ?
भाग्य, विधाता या तक्दिर किन चाहियो ?
जब जब जोडिनेछु आपसमा तिमीसँग ,
सस्तै जीवन जिउँला अमिर किन चाहियो ?
दिलमा साँचेको छु, धडकनसँगै तिमी,
मजवुत छ सम्बन्ध नजीर किन चाहियो?
अन्तिम निर्णय गरिसकेको छु मैले,
फेरि ती अधुरो अधिर किन चाहियो?
तिमी साथ छौ भने सब थोक छ जीवनमा ,
प्रेममा याद काफी छन् शरीर किन चाहियो ?
Liked by: