हैन के मिसायौ यो पानीमा
छटपटाई रहेछु राजधानीमा
चुलबुले ति मृगनयन देखि
मन भुल्यो आज सानी मा
साँझमा बजार नझर्नु एक्लै
लुटिन्छौ फेरी आनाकानीमा
तिमीबिना म बाँच्दिन सोच
नौनी बस्छ सधैँ मदानीमा
चाँदनी तिमी म अंशुमाली
मिली रमाऔँ यो जवानीमा
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: