हरेक जिन्दगीका आफ्नै कहानी हुनेछ
निर्दोस बालापन दोशी जवानी हुनेछ
पछारिनु पर्छ तपाईं आफ्नाहरु चिन्न
एक हातमा विष अर्कोमा पानी हुनेछ
पछ्याउने बलिया त सिकारीहरु हुन
आफन्तका कमजोरी निशानी हुनेछ
जो पुजारी शान्तिको गएर हेर्नू उसैको
गोलि विछ्याउनामा बन्दुक सिरानी हुनेछ
शान्त,भद्र ठेकी केवल ठोकाई सहने हो
श्रेय नवनीतको पाउने मदानी हुनेछ
Liked by: