शान्त साँझको झिसमिसेमा,
जब मधुर कानेखुसी गर्दै झरी झर्छ,
थोपाहरूको सुमधुर तपतप धुन,
तब पातहरू र छानामाथि खस्छ।
प्रत्येक थोपाको कथा यात्राको,
बादलदेखि पृथ्वीतलसम्मको,
बलेसी हुदै आंगनीमा नाच्छ,
कोमल, लयबद्ध प्रवाहमा गाउंछ ।
पोखरीहरू ऐनाजस्तै बन्छ,
नीलो आकास प्रतिबिम्बित हुन्छ
प्रकृतिको यस महान नृत्यमा
बच्चाहरू हाँस्छन् र छील्लीन्छन् ।
माटोको सुगन्ध जागृत हुदा,
झरीको नाजुक चुम्बन संगै
तिम्रो साथको सम्झना आउँछ,
तिमीसंग बिताएका पलहरू संगै ।
रोइरहेको आकासतिर फर्कदै
हृदयबाट तिमीलाई सम्झिन्छु,
झरीको विरह गीत सुन्दै
न्यानो अंगालोलाई खोज्दैछु ।
तिमी बिनाको अधुरा क्षणले
म झन् एक्लो महसुस गर्छु
तिम्रो साथको सम्झनामा,
यो झरीलाई अनुभूति गर्छु।
तिमी संग बिताएका ती पलहरू,
तिम्रो मधुर हाँसो र स्पर्शहरू,
हरेक यादहरूमा म भेट्छु,
तिम्रो प्रेमको निशानीहरू ।
झरीको प्रत्येक आवाजहरूमा,
तिम्रो आवाज गुञ्जिरहन्छ,
पानीका हरेक थोपा थोपामा
यो मनले तिमीलाई खोजिरहन्छ ।
Liked by: