मायामा न जित भयो न त हार भयो
कोसिस गरिराख्नु पनि बेकार भयो
मनमा राखेको मान्छेले मन दुखाउछ
बचनको तीर दिलको वारपार भयो
आँफ्नैले हानेको चोट आवाज हुँदैन
मुटु अचानो भो मायालु तरवार भयो
दुखमा साथ दिन्छु भनेर हात छोड्यौ
जिन्दगी अशक्त बन्यो लाचार भयो
Liked by: