आँशु राखिदिनुस दुईथाेपा फुल राखिदिनुस।
मरेपछी याे शरीररमा राताे तुल राखिदिनुस।।
अब अन्याय अत्याचार सहिए हुदैन सरकार।
आउनुस चाहे याे छातिमा त्रिशूल राखिदिनुस।।
यस्तै हत्या हिंशाहरु भैरहनेछन यहाँ घरी घरी।
अर्काेबुद्ध जन्मेर शान्तिकाे बिगुल राखिदिनुस।।
केही ज्ञान सिकिन्छ गुरुबाट केही भाेगाई बाट।
बन्द काेठामा राखिदिनुस चुकुल राखिदिनुस।।
देश बचाउनुछ दुस्मनबाट सिमाना बचाउनुछ।
याे माटाेकाे कसम खाएर कबुल राखिदिनुस।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: