फक्रिएको फुल सरी हाँसी राख तिमी
मिलन बुझोड यस्तै रहिछ बांची राख तिमी
टुक्रिन खोजे पनी मायाको यो हाम्रो बन्धन
टुक्राटुक्रा डोरी फेरी गासी राख तिमी
भेट हुन गारो होला हिजोआज तिमीसँग
माया को त्यो मिठो मह साचि राख तिमी
भुल्न खोज्लेउ मलाई,भेट ढिला हुँदाखेरी
मेरै तस्बिर मन मूटुमा टाँसी राख तिमी
फक्रिएको फुल सरी हाँसी राख तिमी
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: