चिनजान बढ्यो अनि मायाँ हतारमा देख्न पाइयो ।
र गाजलु चञ्चल नयन बजारमा देख्न पाइयो ।।
हाँसखेल हाँसखेलको केही दिनमै मायाँ बसेपछी ।
मेरै तस्विर उसको उपहारमा देख्न पाइयो ।।
चल्न थाले मेहेन्दी शृङ्गार जब मायाँ बढेपछी ।
तब मनका कथाहरु बिस्तारमा देख्न पाइयो ।
सयौं जङ्गार साथ सङ्गै तर्नका निम्ति भनेर ।
मनको प्यास ढुकढुकी रफ्तारमा देख्न पाइयो ।।
मनसङ्ग सुमधुर मिठास सम्बन्ध बिसाउन ।
तिता मिठा यादहरु ब्यवहारमा देख्न पाइयो ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: