म फर्केर आउदैछु कसैले चिन्छौ कि
नजिक हुँदा नचिनेझै गरि हिन्छौ कि ।
तन मिलोस मन मिलोस हामी सबैको
मैले दिने उपहार त पक्कै लिन्छौ कि ।
केही कुरा लिएपछि केहि दिन खोज्छु
सित्तैमा हैन कुरा मिल्यो भने किन्छौ कि ।
खोसेर लिन्न चोरी ठगी गर्ने बानि छैन
मैले हात मागे भने दिन त दिन्छौ कि ।
खोज्दै हिड्दा भौतारिदा दु:ख हुन्छ धेरै
जिउ दुख्दा तेहि नरम हातले मिन्छौ कि ।
Liked by: