उच्चपद पाउँदा यहा आफ्नो मनोमानी भयाे
फाइदा हुने काम मात्र छानीछानी भयाे
घातक छ भन्ने कुरा गाउले ले चाल पाउँदापाउँदै
भ्रष्टाचारको काम यहाँ जानीजानी भयाे
वर्खा लाग्दा बाटो बनाउछ बजेट पचाउनलाई
शहर देखि गाउँ सम्म खाल्डाे अनि पानीपानी भयाे
गाउँलेकाे आँखाभित्र छारो हालेकाे हालै गर्याे
मात्रा आफ्नै खल्ती भर्ने काम तानीतानी भयाे
फाइदा हुने काम मात्र छानीछानी भयाे ॥
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: