भुल्नलाई त गह्रौ छ तर पनि
भुल्नै पर्छ हजुर।।
भन्छ्न किस्मतले आफै दिन्छ तर
किस्मत बनाउन पनि केही गर्नै पर्छ हजुर।।
चोट सहनलाई त दह्रो मुटु चाहिन्छ तर
त्यो मुटु पनि चल्नै पर्छ हजुर।।
माफी त दिनै पर्छ भुल भएपछि तर
त्यो भुल पनि माफी लायक हुनुपर्छ हजुर।।
भन्थ्यौ तिमी मेरो प्राण हौ बाच्नै सक्दिन तिमी बिना तर
बाच्नको लागि त सास फेर्नु पर्छ हजुर।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: