पाचन छैन र त शक्ति पाउन सकेन।
अनि फेरि कहिल्यै उ अघाउन सकेन ।
पतकर गुन्द्री ओडेर नि निदाएकै थियो ।
आज किन सुनको खाटमा निदाउन सकेन ?
उसले छोरो शहर पठायो,अङ्ग्रेजी पढायो ।
तर गाउँ र सम्बन्धहरु सिकाउन सकेन ?
देखेकै हो समृद्धिको,सपना उसको अनुहारमा
खै जङ्गल पसेको छोरो कसैले फर्काउन सकेन ।
माला पहिर्याउन मन्त्री रुदै, शालिक छेउ आयो
बिचरा शालिकले आफ्नै हत्यारा बताउन सकेन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: