बद्लियो समय यहाँ, तर बद्लिएन यो मन
बद्लिछन् मान्छेहरु, गाढिन्छ याद झन्-झन्
के गरि हटाउँ म, ऊ हिड्ने मनको यो गोरेटो
लौन प्रभु कस्तो विस्मात् यो, कस्तो हो ऐंठन
समयसंग-संगै जीवनले गति पो फेर्नुपर्ने हो त
तर उही विगतमै अडिराख्ने, कस्तो पागलपन
नठोक्नु है कसैले यो छातीमा, लास हुँदा म
मैले यहि छातीमा उसको प्रेम, गरेको छु जतन
आशा केही राख्या छैन, दैवसंग तिमी बाहेक
तिमी बाहेक अरुको हुन्न, प्रिय यत्ति देउ वचन
Liked by: