कहिले आमाको काखमा टासिदै बस्थे म लुटुपुटु
कहिले बुवा सगै सिरक भित्र पस्थे म गुटुमुटु
आखिर यो मन त हो कहिले कता कहिले कता सुटुसुटु
कहिले सबैतिरबाट एकैचोटी हुदोरहेछ ढुकुमुकु
सिमलको भुवाझै उडि उडि जाने डाडा पारि
रमित लाग्दो चियाबारी हरियाली हेर्दै वारिपारी
आखिर यो मन त हो कहिले निद्रामै सुक्सुकाउने घरिघरि
बिगतको सम्झनाले कहिले टुलुटुलु हेर्छु आखा उघारी
आफु त आमाको पछिपछी बाख्राको पाठो झै आ मुने
कहिले घोडामा बुवाको काधमा चडी क्यामुना खाने
आखिर यो मन त हो कहिले कहाँ कहिले कहाँ हुदोरहेछ
सम्झी सम्झी ति दिनहरु यो कहिले आफै रुदोरहेछ
कुहिरोले अलिअली गर्दै वारिपारी पर्दा उघारि
सुसायो खोला फर्केनौ किन हो भन्दै मायामारी
आखिर यो मन त हो टलपल आशु सम्झनाले सतायो
फर्की जाउ भन्छु तर अहिले भन्लान को आयो को आयो!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: