नआउनू भन्छु याद त्यो तिम्रो आईदिन्छ
अनि नयनबाट आँसु यसरी खसाईदिन्छ !
समुन्द्रको आशमा बग्यो त्यो नदी निरन्तर
यहाँ भरोसाले लक्ष्य उसको सुकाईदिन्छ !
तिमी बिना जिन्दगीको के अर्थ हुन्छ मेरो
तिमी भए बल्ल जिन्दगी मुस्कुराईदिन्छ !
गुलाबको चाहना गरेको छु जिन्दगीमा
सधैं जो काँडा भएर पनि मुस्कुराईदिन्छ !
खबर पठाएको थेँ, "मलाई नसम्झिए है"
जवाफमा किक्क बाडुली किन पठाईदिन्छ !
गजबको नाता छ यो नयनको र यो हृदयको
दुखेको दिल हो नयनले आँसुS बगाईदिन्छ !
पवित्र जल बन्न आज इच्छा भयो मलाई
कसैले लोटा भरेर मन्दिर चढाईदिन्छ !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: