बादल माथी पाइलाहरु चाल्याै भने म मान्छु
दनदनि हिउँमा आगो बाल्याै भने म मान्छु ।
खै कसरी बैज्ञानिक भनौ र तिमिलाइ ??
मुर्दा भित्र सास तिम्ले हाल्याै भने म मान्छु ।
संसार भर कहलिएका नामि डाक्टरहरु
बर्षौ देखि फाटेको मन टाल्याै भने म मान्छु ।
आरे यार थुनी थुनी बाघ पाल्ने के साहासिलो??
छोडी त्यसलाइ खुल्लम खुल्ला पाल्याै भने म मान्छु ।
सुख मा त सबैले साथ पाएकै त छन नि
बेसाहारराआँसु पुछ्न थाल्याै भने म मान्छु ।
राजनीतिको आडलिइ उफ्रिने ए युवाहरु
हाम्रो देश्को कु सिस्टम ढाल्याै भने म मान्छु ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: