वैंशको उन्माद संगै लठ्ठ मातेको कुरा ।।
नगर्नु नि लाज हुन्छ जोवन साँटेको कुरा ।।।
सबलार्इ थाहा छ प्रेम भन्ने शब्दै यो पबित्र
तर कस्ले पचाउँछ र डाँडै काटेको कुरा ।।
भित्ताको नि कान हुन्छ भन्छन बुझ्नेहरु
पँधेरिमा नओकल्नु हाम्ले आँटेको कुरा ।।
बिचार गर्नु हिंड्नु अघि बाटो अोसिलो छ
सिलायर नयाँ हुन्न पहिले फाटेको कुरा ।।
नगर्नु नि लाज हुन्छ जोवन साँटेको कुरा ।।
तर कस्ले पचाउँछ र डाँडै काटेको कुरा ।।
पँधेरिमा नओकल्नु हाम्ले आँटेको कुरा ।।।।।।।
-विनोद सुवेदी
नुवाकोट, नेपाल
हाल दोहा, कतार
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: