हार्नु पनि पर्छ कहिले , सधै सधै जीत हुन्न
एक्लै पनि हिड्नु पर्छ, साथमा सधै मित हुन्न
संगै जिउने संगै मर्ने , जति कसम खाए पनि
साथै मर्ने संसारमा, यो श्रीष्ठीकाे रीत हुन्न
भेटिएर छुट्टिनु त, यो संसारको नियम नै हो
जानी जानी कसैसंग, नलाएको प्रित हुन्न
बिछोडको पिडा बोकी, बाच्नु पर्ने यहाँ एक्लै
आखिर समय सम्झनामा, नगाएको गीत हुन्न
सोचे जस्तो हुन्न जीवन, बसन्तको बहार जस्तै
तुषारोले ढाकेको छ, बिहानिको शित हुन्न
___________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: