आउँछन यादहरु हतार हतार गरेर !
र ठुलै गल्ती गरेछु मैले प्यार गरेर !!
प्रेमको परिभाषा बुझ्नै सकिन मैले !
गयो निष्ठूरी नराम्रो ब्यवहार गरेर !!
खुशिहरु एकाएक बेपत्ता भयो नि !
आउँदो रहेनछ पीडा पत्राचार गरेर !!
पीडाहरु एकमुष्ठ मलाई दिए पछि!
गयो नि निष्ठूरी नौ डाडा पार गरेर!!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: