तिमिलाई माया गर्नुको छुट्टै मज्जा छ
तिम्रो मायामा मर्नुको छुट्टै मज्जा छ !
जिन्दगानीका लामो यात्राहरु गर्दा
तिम्रो हात समाउँदै सर्नुको छुट्टै मज्जा छ !
नभेट्ने भनेर घुर्की लगाउँदै एकअर्कालाई
बारबार नजीकै पर्नुको छुट्टै मज्जा छ !
एकान्तमा तिमी र म, अनि मायाका संवादहरु
सुन्दा सुन्दै खोला तर्नुको छुट्टै मज्जा छ !
ओरालो बाटोहरु अनि मायालुले साथ दिँदा
मायालुकै हात समाई बाटो झर्नुको छुट्टै मज्जा छ !!
Liked by: