धेरै कुरा माया मारेर आए,
साच्चै यहाँ सम्म धाएर आए।
आशा बोकेर होला त सपना पूरा,
कस्तो नसोची हामफालेर आए।
खोज्छु बनाउन भाग्य बनिदिन्छ अर्कै,
अपसोच पीडा माथी हन्डर खाएर आए।
छाउला मेरो पनि खुशी दिन गन्दै,
महिनौ बर्षौ यतिकै बिताएर आए।
कति भोगियो,भोग्नु छ के थाहा कसलार्इ,
बेदनाका आँसु सबै सुकाएर आए।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: