मलाई याे हावा सँगै हराउन मन छ
ती चराचुरुङ्गी सँगै गुनगुनाउँन मन छ !
त्याे रङ्गिचङ्गि फुलहरू सँगै रमाउन मन छ
थाहा छ यी रहरमात्र हुन, तै पनि मलाई सपना सजाउन मन छ !
प्रकृतिको सुन्दर फुल टिपेर कपालमा सिउरिदै लजाउन मन छ
पाउजु बजाउँदै छङछङ नाच्दै झरेकाे त्याे झरना सँगै नाच्न मन छ !
यहि खाेलानाला सँगै चाेखाे पिरति गास्न मन छ
सेता, पङ्ति मिलेका दात देखाएर हाँस्ने हिमाल सँगै हाँस्न मन छ !
मलाई त्याे खाेक्राे शहरकाे रहर छैन
मलाई त यहि प्रकृति मै संमर्पित भएर जाे बाच्न मन छ !!
Liked by: