लाग्दैन मलाई मेरो पनि , लहर आउछ अब ,
के बाँकि छ र खै यार ,मात्र रहर आउछ अब॥
तिम्रो चिट्ठी र पत्र गाएब हुदैछन् दीनदीनै ,
लेख्दीन सायद नमिठो, कहर आउछ अब !!
जादीन टाढा धेरै म, घाम डुब्न लागि सक्यो ,
एक्लैछु तथापि उनको, ठहर आउछ अब ॥
एक्लीएर हिडे कती बेर , यो शहरको कुना म ,
आगो पिउदै छु "ब्रो"बाँकि, जहर आउछ अब॥
यात्राहरु अपुरो, सम्बन्ध रह्यो सब अधूरो ,
रित्तीएर जिउँने सायद, प्रहर आउछ अब॥
लाग्दैन मलाई मेरो पनि , लहर आउछ अब ,
आगो पिउदै छु "ब्रो"बाँकि, जहर आउछ अब॥
-----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: