लोग्नेले स्वास्नी कुट्छ जाड भरेपछि। बुबा देख्दा छोरी लुक्छे रात परेपछि। समाज किन क्रूर बन्दै छ आजकाल। बोक्सी बनाईन्छ यहाँ लोग्ने मरेपछि। फुलेको फूल देख्दा सारा रमाउँछन्।
लोग्नेले स्वास्नी कुट्छ जाँड भरेपछि।
बुबा देख्दा छोरी लुक्छे रात परेपछि।
समाज किन क्रूर बन्दैछ आजकाल।
बोक्सी बनाईन्छ यहाँ लोग्ने मरेपछि।
फुलेको फूल देख्दा सारा रमाउँछन्।
कुल्चिन्छन् मानिसले फूल झरेपछि।
चेलीबेटी किन यहाँ असुरक्षित छन्।
फकाईन्छ मारिन्छ ईज्जत हरेपछि।
सक्षम नभएर यहाँ दौलत कमाउन।
दाईजो मागिन्छ जब विवाह गरेपछि।
-प्रकाशमणि खनाल (मणि)
गाेल्धाप-४, झापा
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: