के छ र जिन्दगी जब जिन्दगीले जिन्दगी को अर्थ बुझ्दैन,
म जीत सँग जीत को आस राख्ने मान्छे हरको अर्थ बुझ्दैन !
मलाई सबैले बेमानी भन्लान् आशा बादी भन्लान् ,
म अन्धकारको टुकी झै क्षमता भन्दा बढी उज्यालो दिन सक्दिन !
कसैलेनी मेरो मर्म लाई बुझ्दैन मेरो चोटलाई हेर्दैन,
म लुगा धुने साबुन जस्तै नसकिन्जेल घोली राख्छन् !
म हजारौं तारा हरुमा एक चम्किलो चन्द्रमा मलाई बुझ्दैन,
म एक पिजडा रे खाली निर्दोष पन्छिको घेरा बन्दी !
खुला आकाश हु सबै लाई स्वस्थ हावा दिने मलाई बुझ्दैन,
के छ र जिन्दगी जब जिन्दगीले जिन्दगिको अर्थ बुझ्दैन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: