झिसमिसे शाममा बल्दै जब टुकी आयो
उज्यालो देख्यो तब नजिक पुतली आयो ।
किन लागि परेको छस् ए! दुनिया, छुटाउन
दुई मन मिले अनि पो बल्ल जिन्दगी आयो ।
सम्भावना प्रबल छ हार नमान्नु कहिल्यै
माफी पायो दुश्मनी ले त साथी आयो ।
अझै मनभित्र तिम्रो संरचना दुरुस्तै छ
आउन त ठुलै आँधी आयो सुनामी आयो ।
कोर्दै थिएँ सपना विवाह उत्सवका भर्खर भर्खर
उता सम्बन्ध समाप्ति घोषणाको चिठी आयो ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: