काँडा माथि कै यात्रामा, हिडाउँदै छ जिन्दगी
यादका यि प्यालाहरू, पिलाउदै छ जिन्दगी !
अन्यौलको कुइरोमा, रुल्मुलिएर बाच्नु पर्दामा
अनायासै, केही बोतल दिलाउँदै छ जिन्दगी !
आफैँले जिन्दगीका, पानाहरू खोतलेर हेर्दा
जानी नजानी वेदना नै जिलाउँदै छ जिन्दगी !
रित्तिएको यो जीवनका, वेदना अग्नि ज्वालामा
जलेको मन मुटु त्यसै, विलाउँदै छ जिन्दगी !
अजीवको छ मनुष्य जीवन नै, धुजा- धुजा भै
च्यातिएका बिवश पाना, सिलाउँदै छ जिन्दगी !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: