तिमिले दिएका घाउ-चोट भुलाएर जिउदै छु आज
तिम्रो यादमा पिउँदा पिउदै भुलायर जिउदै छु आज
ढुङ्गा जस्तो निष्ठुरी तिम्रो मन चाहिदैन भो
तिम्रा ती घातहरु सिलायर जिउदै छु आज ।
झुटो स्वार्थी संसार, स्वार्थी रैछ उसको माया
सबै बाचा कसम जलाएर जिउदै छु आज ।
मैले नि रोप्याथे प्रेमको बिरुवा उसको लागि
नहुर्कदै किरा लागे, ढलाएर जिउदै छु आज ।
माया थियो स्नेह थियो मनको भण्डार भरी
रित्तो मनमा घृणाको फल फलाएर जिउदै छु आज ।
कर्मै उस्तै म देखि हास्ने दैव उस्तै रैछ भनि
धिकार्दै जिन्दगीलाई गलाएर जिउदै छु आज ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: