कतीन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी
लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी
पाखुरीमा बल छँदा बिदेश पसेर खेर नफाल साथी
गरौंला केही धन्दा गाँऊमै बसेर घरमै फर्क साथी
बुढा बाबा आमाको मन दुख्छ देख्न नपाएर साथी
संझी रून्छिन् उनी धुरू धुरू भेट्न घरमै फर्क साथी
प्रदेशीको बन्न अब गुलाम छाडी देउ भो साथी
उत्तम कुटीकै बन्न मालिक घरमै फर्क साथी
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: