मलाई दुख्दा तिम्रो कोमल स्पर्शमा
मेरा सारा दर्दहरूले तन छाडिजान्छ
शिर लुकाउँदा तिम्रो न्यानो काखमा
मेरा सबै आसुँहरूले बाटो बिर्सिदिन्छ
जहाँ पुग्छु यात्राका यी परिधिहरूमा
वरिपरि केवल तिमी सँगैझैँ लाग्छ
ठेस लाग्दा सम्झिए तिमीलाई मनमा
थाहै हुँदैन चोट सबै बिलाएर जान्छ
आभास हुन्छ हावाको हरेक चालमा
तनभरि तिमी आएर चुमेझैँ लाग्छ
एक्लो हुँदा डुबिदिए तिम्रो कल्पनामा
छटपटी मनका सबै हराएर जान्छ
Liked by: