फूल जस्तो मानेको छु शिरमा सजाउछु भनेर
कसैले मलाई धकेली दिएको समाउछु भनेर
थाहा थियो भन्नैपर्ने बाध्यता थियो र भन्दियो
जसलाई दूर हुनु थियो उहीँ गयो आउछु भनेर
उसैले चलाएको हो छुरा र रेटिदिएको हो मुटु
जो दिलमा आएको हो दिलमै बसाउछु भनेर
कांँडा बन्न सकिएन र त म उसैको चप्पल बने
सोचिन मलाई कुल्चिन्छ कसैले लाउछु भनेर
पानी म बन्न सकिन कोहि आगो बनेको समय
अंगार बनायो जिन्दगी आगो निभाउछु भनेर
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: