जाली माया तिम्रो यता पनि उता पनि !
दिन्छेउरे झुटो बोली यता पनि उता पनि !
किन जोड्छौ यस्तो सम्बन्ध सबैसँग
चर्चा तिम्रै सुन्दै छु म यता पनि उता पनि !
बनाउछ तिमीलाई नै भोलि दुर्गन्ध वरपर
अनि नाक थुन्ने छन यता पनि उता पनि !
आफ्नो चरित्र हत्या आफ्नै हातले रेटेर
हिड्छौ हत्यारा खोज्न यता पनि उता पनि !!
नारी हुन सम्मान गर्छु मर्यादामा बस्नेलाई
नारीको पवित्र,चरित्र नै महान मेरालागि
आज पनि भोलि पनि
आज पनि भोलि पनि !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: