अन्धकार यो जिन्दगीमा आसको दिप बालेको छु
आउला पक्कै रोस्नी भनी मनमा रहर पालेको छु !
सहेको छु दुर्जनको गलत दृस्टी हेपाइ पनि
आँसु लुकाइ अरु सामु हिम्मतले छलेको छु !
यस आरम मोज मस्ती सहि लाग्ने हरु सामु
संघर्सलाई सुख मान्ने म त यस्तै खालेको छु !
उदास यो जिन्दगीमा सुख कात्त्नु छैन मलाई
बुझेको छु दुनियाँ यो त्यसैले मन टालेको छु !
रुन्छ मन यकान्त मा समालिने कोसिस गर्छु
रहर इछ्या लक्ष्य हरु सबै टाढा फालेको छु !
कहिले आउला सुखका दिन भनी दुख सहदा
हासो सबै नासो भयो आँसु पिउन थालेको छु !
कस्लाई गरुँ गुनासोनै दोस कस्लाई लाउ
दुखीरैछ भाग्य सम्झी आफ्नैशरीर गालेको छु !
सोचेको जस्तो भयजीवन कतिखुसी हुन्थ्यो होला
तर पनि साहसलि यक्लै कदम चालेको छु !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: