धानको बाला फल्छ खेतमा कुलो भए पछी
आउछ खुसि आफ्नै हातमा तुलो भए पछी
श्रमिक लाई खेतबारीमा घामपानी हुन्छ
योजना काम पारेर गर्छु ठुलो भए पछी
जादैन अब काम खोज्न विदेश कही पनि
हुदैन काम हात र खुट्टा लुलो भए पछी
समय लाई चिने विकास हुन्छ एक दिन
पाक्छ खान ग्यास अनि चुलो भए पछी
चल्छन मेरो हात पाखुरा खुसि खोज्न लाई
फल्छन मकै खेत र बारी धुलो भए पछी
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: