सबै आफ्नो हुन्न चेली भिरमा झारिदेला
लुटि सबै इज्ज्तहरु खोला तारीदेला
कसैले फोटो माग्दैमा दिई नहाल्नु नि
तिम्रो सबै तस्बिरहरु नाङ्गो परिदेला
फेसबुकमा सबैलाई बिस्वास नगर्नु है
नत्र हाईजेक गरेर आईडी सारिदेला
आफू एक्लै भएको कुरा सेयर नगर्नु
फेरि ब्वाँसोहरु आई त्यहि मारिदेला
साथी पाए भन्दैमा हात समाई नजानु
एक रात आफ्नो पारी बाटोमा फालिदेला।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: