छैन जग्गा जमिन अलिकती पनि छैन।
हामीसँग प्रसस्त धन सम्पती पनि छैन।
बा थलापरेका छन् दीर्घरोगले बर्षौं देखि
हाम्रा लागि त डाक्टर ओखती पनि छैन।
मेहनत पनि गरेको पसिना बगाएको हो
यहाँ छैन जिवनमा कुनै प्रगती पनि छैन।
हरेक पलमा दु:खले प्रीत लगाएर जान्छ।
कतै थोरै सहजताको सहमति पनि छैन।
ढुक्क छ एक्लो जिन्दगी जसो गरेनि हुन्छ।
लाग्छ म प्रती कसैको माया पिरती पनि छैन।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: