खोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ ।
नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ ।
हिजो म चाहे तिमी मानिनौ, अाज तिमी चाह्यौ म
त्यसैले त एउटै खोलि , दुई किनार हुनु परेको छ ।
म त समर्पित थिए तिमिमा मन तिम्रो दोधारे भो
विश्वास को खडेरिमा , अासुले परेलि धुनु परेको छ ।
तिम्ले बुझिनौ कि कुरा, मैले गर्न जानि न खै
प्वाक्कै भन्न नसक्नाले अाज ,वारपार हुनु परेको छ ।
तिमी पारिबाटा टुलुटुलु, म वारिबाट हेरिरने
भरोसाको अभावमा धर्ती, र जुन हुनु परेको छ ।
तिम्रो पनि अतीत वन्यो, म प्रतिको चोखो माया
मलाई तिम्रो अनि तिम्लाई मेरो अभाव हुनु परेको छ ।
खोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ ।
नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ ।
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: