अझै साइँलो फर्किएन मर्यो होला उतै ।
अन्जानमै भुमरीमा पर्यो होला उतै ।।
वास्नादार फूल बनि सुवास छर्छु भन्थ्यो ।
विचारा त्यो कोपिलामै झर्यो होला उतै ।।
कता छ उ ! खोजखबर पाउँने कोही छैन ।
मृत्युलोकको महासागर तर्यो होला उतै ।।
खाडीको त्यो बगरसंगै जिवन विसाएर ।
अन्तरआत्मा स्वर्गलोकमा सर्यो होला उतै ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: