दुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा
सुख पनी दिन सकिन पिरमा राखे आमा !
नदि जस्तै बगेर जाँदा आएर भेल बाढी,
तर्न पनी सकिन मैले तिरमा राखे आमा !
चोटै चोटको मरुभूमीमा फसे र पो आज,
आफ्नै मुटू पारेर टुक्रा झिरमा राखे आमा !
छोडी गयौ विच बाटो मा हेरे कति तिम्रो बाटो
तिमी आउने आशा सबै पिर मा राखे आमा !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: