समाज सेवा बिकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।
समाज सेवाको क्षेत्रमा कार्यरत बिभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषधले यस बर्ष बिभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितीमा असोज ६ गते समाज सेवा दिवस मनाउने गरेको छ ।२०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर यस दिवस मनाउन थालिएको हो ।
निला प्लेटका गाडीहरु प्रश्स्तै कुदेका अनि पत्रपत्रिकामा पनि एनजीओ, आईएनजीओका बिज्ञापनहरु हामी सबैले देख्दै आएका छौं । समाज सेवा एउटा बिशुद्ध सेवामुलक काम हो, यस कार्यमा कुनै राजनिती, पूर्वाग्रह, धर्म या सम्प्रदाय मिसिन नपुगोस् ।
सामाजिक सेवा दिवसको सबैलाई शुभकामना ।
स्मरण रहोस्, हरेक नागरीक त्यस देशको समाजसेवी हुन सक्नु पर्दछ
अनि हरेक समाजको व्यक्ति त्यस समाजको पहरेदार पनि हो
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: