मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।
प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलार्इ पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।
अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ ।
यसपाला स्थानीय चुनावका मार्फत वाट स्थानीय निकायमा पदाधिकारीहरु लगायत जनताको सरकारसंगको बिगतको २० बर्षदेखि को दुरी कम भएको नेपालमा दिर्घकालिन बिकास र लगानीको अवसर सस्थागत भएको छ । यसै उपलक्ष्यमा आफ्नो उदगम बिन्दु अनि पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर प्रविधीको आयात या लगानीको अवसर का लागि यसै आलेख मार्फत हाम्रा गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आव्हान पनि गर्दछौं । हाम्रो माटो हामीले नबनाए कहाँ बन्छ र ?
देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना ।
विश्व दृष्टि दिवस
नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे ।
आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात मारौं ।
गएको बर्ष को कार्तिक महिनाको सेरोफेरोमा हाम्रो पात्रो ले नेपालको म्याग्दी जिल्लावाट एकजना दृष्टिबिहीन प्रयोगकर्ताको पृष्ठपोषण पाएको थियो । हामी देख्न सक्दैनौं तसर्थ हाम्रो पात्रोका अन्य लाखौं प्रयोगकर्ताहरु झैं हामीले दिनबिशेष साम्रगीहरु पढ्न सक्दैनौ भनेंर । त्यसको बर्षदिन पछि आज हाम्रो पात्रोका अधिकांश दिनबिशेष साम्रगीहरु अडियोमा पनि राखिने गरिएको छ, पाठक वर्गको सरलता अनि दृष्टिबिहीन पाठकको सहज पहुँचका लागि भनेंर ।
आज बिश्व दृष्टि दिवसका दिन सवप्रथम हाम्रो पात्रो संझन चाहन्छ, हाम्रा दृष्टिबिहीन प्रयोगकर्ताहरु, अनि दृष्टिमा बिभिन्न कारणले समस्या आएका लगायत अन्य सम्पूर्ण प्रयोगकर्ताहरु लाई ।
वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेंर हामीले बुझेकै छौं र यसै अनुसार आफ्नो स्वास्थ अनि जीवनशैली पनि दिर्घदृष्टिका हेतुले अघि बढाउने छौं आशा छ ।
हामीले देख्ने हिमाल, हरियाली, रंगहरु, अनुहार अनि तिनका आकार, मुस्कानको प्रकृती अनि फरक र समानता दृष्टिबिहीन साथीहरुका लागि अनुभव गर्न तुकबिहीन नै हुन्छ ।
थोरै बिश्वव्यापी तथ्याकं को साराशं लिऊ, बिश्वभरि करिब ३ करोड ६० हजार मान्छेहरु दृष्टिबिहीन छन् भनें २ अरब ४६ करोड हाराहारी मान्छेहरु कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्यावाट प्रभावीत छन् । स्मरण रहोस् बिश्वभरि नै कूल दृष्टिबिहीन जनसख्याँको ९० प्रतिशत बढि जनसख्याँ न्यून आयश्रोत भएका र आर्थिक रुपमा बिपन्न परिवारमा बस्दछन् ।
र बिश्वभरि दृष्टिबिहीन जनसख्याँमध्य बालबालिका को सख्याँ भनें १ करोड ९० लाखको हाराहारीमा रहेको छ ।
दृष्टि अनि त्यस्को स्वस्थ र उपचार आजको बिश्वका लागि ठूलै चुनौती भएको छ, यस्तै मुद्धाहरुका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।
बिश्वमा यस्ता नेत्र अनि दृष्टिका कुराहरु र सवाललाई मुलधारमा ल्याउन आईएपीवी अर्थात दृष्टिबिहीनताको रोकथामका लागि अन्तराष्ट्रिय सस्था सन् १९७५ देखि कार्यरत छ । यसपाला सन् २०१७ को नारा भनें आफ्नो आँखाको ख्याल गरेको कुरा झल्काउने एउटा फोटो पठाउनुहोस् भन्ने रहेको छ ।
कसैले चश्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता बिभिन्न तस्वीरहरुले पठाएका यस सस्थाले जानकारी दिएको छ ।
नेपालमा पनि दृष्टिबिहीनहरुको हकहितका लागि बिभिन्न संघसस्थाहरु कार्यरत छन् जस्मा नेपाल नेत्रहीन संघ भनें छाता संगठनका रुपमा कार्य गर्दछ । त्यस्तै बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरु लगायत अन्य सञ्जालहरु जस्तै नेपाल नेत्रज्योती संघहरु ले नेपालभरि नेत्रज्योतीका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।
नपाली गाँउघरमा आफ्नो दृष्टिको हेरबिचार गर्नका लागि पर्याप्त जानकारी हरु दिन सकेको अवस्था छैन भनें आँखाको उपचारका लागि तुलनात्मक रुपमा सर्वसुलभ अस्पतालहरु त्यति छैनन् ।
बिराटनगर आँखा अस्पताल, लाहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगयत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लव द्धारा आँखा पचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरु छन् । मोफसलका आँखा अस्पतालहरु बिशेषज्ञता अनि प्रविधीगत हिसाबले कमजोर नै छन् र यिनको प्रभावकारीतामा नै नेपालीको दृष्टिको दिर्घायू लुकेको छ ।
एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतीका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो ।
अहिले पनि अचाक्ली धुलोधुँवाले गर्दा शहरी क्षेत्रमा बस्ने नेपाली हरु आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन्, काठमाडौ लगायतका शहरमा दैनिक हिँड्ने मान्छेहरुले सँधै जसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुँवाले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याँउदछ, सरकार अनि भर्खरै निर्वाचीत जनप्रतिनीधीहरु मौन रहन नहुने अवस्था छ ।
सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढि आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरु भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदहारणीय देश हो ।
आफ्नो आँखाको ख्याल गर्नुहोला अनि आँखा नहुने हरुलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुबै तर्फको आँखाको ख्याल गरौं ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: