विश्व खाद्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व खाद्य दिवस




नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ति खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन पर्दैनथियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।


विश्व खाद्य दिवस बिशेष अडियो सामाग्री

सन् २०१७ अक्टोबर १६ तारिख


बिश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती नाथको कृपा नै मान्न पर्दछ, अहिलेसम्म नेपाली समाजमा अनि नेपाली माटोमा उव्जनी अनि मछिन्द्रनाथको कृपाले पानीका थोपाहरु ले हरियाली कायम गरिनै रहेका छन् ।
कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि कृषीकार्य मा रहेको तथ्याकं भएको दुई दशक अगाडीको नेपालमा अहिले पनि अधिकांश घरधुरि हरु कृषीकर्म संगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन् । अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्याका नेपाली कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क रहेको छ । हामीमध्ये पनि धेरैजनाको पारिवारिक पेशा नियाल्ने हो भने एक या दुई पुस्ता अगाडी कृषकको छाप रहेको भेटिन्छ ।
हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभर्इ लड्नकालागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास अाउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ अाैं शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनाैति हो ।
बिश्वकै ईतिहास हेर्ने हो भनें पनि दोश्रो बिश्वयूद्ध पछिको समयमा खाधान्नो खोजीमा लाखौं मान्छेहरु एक ठाँउवाट अर्को ठाँउमा अनि एउटा देश वाट अर्कोमा बसाँई सरेको देखिन्छ, बसाँईसराई र खाधान्नको सुरक्षा एउटा गहन समबन्ध भएको तथ्य हो ।
एक ठाँउवाट अर्को ठाँउमा बसाईसर्दा आगमन बिन्दुमा भएको सिमीत खाधान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाधान्न संकट बिकसीत ठाँउमा झन धेरै हुने संभावना छ ।
५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भनें उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाधान्न संकट व्यबस्थापनका लागि यो एउटा समस्या हो । प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको बिश्वलाई सुस्तरि खाधान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि बिश्व खाधान्न दिवस महत्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ । त्यसैले यसपटकको विश्व खाद्यान्न दिवसको नारा नै Change the future of migration, Invest in food security and rural development भन्ने रहेको छ । जसको अर्थ आप्रवासनको भविष्यलाई परिवर्तन गर्दै खाधान्न सुरक्षा र स्थानीय बिकासमा लगानी गरौं भन्ने हो ।

संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । अर्कोतर्फ पृथ्वीको जनसंख्या पनि दिनानूदिन बढ्दो क्रममा छ र बढ्दो जनसंख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परीक विधीहरुलाई पनि जलवायू परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र ब्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि माैसम तथा वेमाैसमी कृषी गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितब्ययी प्रयोग गर्नु अाजको अावश्यक्ता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरु पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्वत पुर्याउन अावश्यक छ ।


मानव सभ्यतापूर्वनै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोली माटोसंगको धुलाम्मे, हिलाम्मे फोहोरी पेशा र दुःख पाइने पेशाका रुपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले शहरभन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोली हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।

विशेषतः नेपालमा अझैपनि हामीहरु ब्यवसायीक कृषिमा सक्षम छैनौ र त्यस्का मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलार्इ प्रोत्साहन, अाकर्षण गर्न नसक्नु, सरकारी नीतिनिर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरु छन् ।
वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सिमीत गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेशा नबनाएर यसलाई उद्योगका रुपमा परिभाषित गर्न जरुरी छ । हाम्रो कृषि पेशा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेशालार्इ अाफू पनि बाँच्ने र समूदायसम्म गुणस्तरीय उत्पादन पुर्याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन अाउन सक्दैन ।

सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पर्थ्यो तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्ने कार्यले शिखर चुम्दै छ ।

नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ति खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन पर्दैनथियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।

संसारमा कूल प्रयोग हुने अन्नमा एकतिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दूर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरु भोकभोकै छाला र हड्डीमात्र भएर बाँचिरहेका छन्, जीवनरक्षा गर्नसक्ने खानेकुराहरु हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आँउछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस भन्ने कुरा सबैजनाको प्राथमिकतामा हुनपर्दछ ।

स्कूलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रुपमा कृषि कार्य र औजारहरुका बारेमा शिक्षा दिने बिषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरु ब्यवसायीक प्रकृतीमा खोस्रिने प्रणाली आउन्, देशमैं कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्नजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पूँजी उपलब्ध हुन सकोस । कृषक, उपभोक्तहरुबिचको मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमीको वितरण पनि उत्पादन सहयोगी रुपमा होस, सिंचाइको सुविधा सरल होस अनि बजार ब्यवस्थापन पनि न्यायोचीत होस् ।

विश्व खाधान्न दिवसको सबैलाई शुभकामना !

हाम्रो पात्रोका लागी सुयोग ढकालले तयार गर्नुभएको ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.