लाग्यो है आजवाट जेष्ठ महिना, हरेक महिनाको प्रथम दिन सक्रान्तिहरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र आजको सक्रान्तिको पनि यसै हिसाबले धेरै महत्वपूर्ण रहेको लाकोक्तिहरु छन् । विहान विहान राशी चक्रअनुसार टिभी या रेडिया, मोवाईल या पत्रिकामा राशीफल चाल पाँउदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशीसम्म पुगेर १२ वटा राशीका फलहरु अन्त्य हुन्छ । यी कुराहरु अनि राशी चक्र महिनासँग समबन्धीत हुन्छन्, यसअर्थमा आज सूर्य मेष अर्थात पहिलो राशीवाट वृष अर्थात दोश्रो राशीमा प्रवेश गर्दैछ ।
सौर्यमान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष संक्रान्ति भनिएको हो । यस वर्षको वृष संक्रान्तिमा हामीसबैलाई स्वागत छ । जेष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला वादलहरु लगायत पश्चिमी हावाहरु खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा जेष्ठ जे भनेपनि यो महिना भनेँ वडो गज्जबको महिना हो, असारका रोपाँईकालागी धानका विऊहरु छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नकालागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरु, बाँसका कलिला मुनाहरु अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरुको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।
विश्व परिवार दिवस
आजकै दिन अर्थात विसं २०७५ सालको जेठ महिनाको १ गतेनै ईसं २०१८ को मे १५ तारिख भएको र यसै दिन विश्व परिवार दिवस पनि पर्न गएको छ । आउनुहोस्, यस वारेमा पनि कुरा गरौ तर त्यस अगाडी हाम्रो पात्रोका हामीसबै प्रयोगकर्ताको परिवारका सदस्यहरु लाई पनि परिवार दिवसको शुभकामना छ है ।
अब कुरा गरौ हामीसबैका परिवार अनि पारिवारीक कुराहरुको । सामान्यतया बूवा, आमा, छोराछोरी, काका काकी, ठूलोबुवा ठूलीआमा र हजुरबुवा, हजुरआमा मिलेर एउटा औसत नेपाली परिवार बनेको छ । बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।
आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ ।
परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । यस वर्षको विश्व परिवार दिवसको नारा नै "Families and Inclusive societies" अर्थात परिवार र समावेशी समाज भन्ने रहेको छ । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रुपमा संयूक्त राष्ट्रसँघको आब्हान अनुरुप मनाईन थालिएको हो ।
नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना , विश्व परिवार दिवसको
रमादानको महिनामा स्वागत छ
ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औँ महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ । अरबी भाषावाट लिइएको रमादान शब्द को अर्थ अत्यन्त गर्मी, तातेको जमीन अनि खाना तथा पानीको दुख्ख भएको समय भन्ने बुझाँउछ । ईस्लाम धर्मावलम्बीहरुको महान यस पर्वलाई जीवन अनि भोगाईहरुको पर्याय पर्वका रुपमा लिन सकिन्छ । सबैभन्दा पवित्र अनि कृपाले भरिपूर्ण यस महिनाभरि ईस्लाम धर्मावलम्बीहरु सूर्यको उदय र अस्तको विचमा केही खाँदैनन्, पानीसम्म नखाईकन गरिने यस ब्रतमा रातीको समय अनि विहान घाम उदाउन अगाडि खाने चलन छ । यसरी बस्ने ब्रतलाई रोजा भनिन्छ , रोजा बस्नाले वास्तवमै आत्मसन्तुलन, आत्मविश्वास अनि मानवीय तृष्णाहरुलाई सिमीत गरेर भक्तिभाव अनि पवित्रता तर्फ मन लगाउन सकिन्छ । साँझ विहान सपरिवार बसेर खाना खाइन्छ र यसरी खाना खानुलाई ईफ्तार भनिन्छ । यसरी ईफ्तारमा मुसलमान अनि अन्य समुदायका ईष्टमित्र हरुलाई पनि बोलाउने चलन रहन्छ । घरपरिवार बाट टाढा भएकहरुले मस्जिद या मदर्सा या अन्य सामुदायीक स्थलहरुमा सामुहीक ईफ्तारमा सम्मेलीत हुन्छन् ।
यसै महिनामा पैगम्बर मोहम्मदले पवित्र ग्रन्थ कुरान दिनुभएको विश्वास छ, यसै पवित्र कुराको संझनामा पनि रमादान मनाइने गरिएको जनउक्तिहरु रहेका छन् ।
रमादान भन्ने वित्तिकै खाली ब्रत अनि रोजाका कुरामात्र आँउदछन् तर रमादान बास्तवमा रोजामात्र नभई अन्य धेरै कुराहरु अनि पवित्रताका अभ्यासहरुको समायोजन पनि हो । यस समयमा गरिने प्रार्थनाले भक्तजनलाई अल्लाहको अझै नजिक लिएर जाने विश्वास गरिन्छ । कुरानका अनुसार आफ्नो नराम्रा कार्य नछाडिकन अनि अप्रिय बोली बोल्न नरोकीकन र झुठो बोलेर कोही रमादानमा ब्रत बस्दछ भने अल्लाहले त्यस ब्रतको फल दिनुहुनेछैन । यसअर्थमा मानवता, सहयोगी भावना अनि सदभावकको पर्याय यस पर्वको सन् २०१८ को शुरुवाती दिनमा हामीसबै मुसलमान अनि गैर मुसलमान दुबैलाई स्वागत छ ।
गर्भवती महीलाहरु, मधुमेह भएका मानिसहरु, बालबालीकाहरु लगायत कहिलेकाही विश्व स्तरीय खेल खेलिरहेका मुसलमान खेलाडीहरुलाई म्याचको दौरान रोजा छुट गर्ने चलन छ । यस अघिको विश्वकप फुटबलको बेला सन् २०१४ मा मुसलमान खेलाडिहरुलाई रोजा छुट गरिएको थियो । रमादान महिनाो अन्त्यमा ईदऊल फितर बडो भब्यताका साथ संसारभरि मनाईन्छ । यसवर्षको ईदउल फितर भने जुन १४ तारिखको दिन परेको जनाईएके भएतापनि चन्द्रमाको अवस्थिती हेरेर ठाँउअनुसार निधो गर्न सकिनेछ । संसारभरिका मुसलमान साथीहरुलाई रमादानको शुभकामना । यसै आलेखका साथमा हामी यहाँहरुलाई हाम्रा हजयात्री साथी फिरोज अन्सारीले खिच्नुभएको पवित्र मक्काका केही तस्वीरहरु देखाउन चाहन्छौ ।
तस्वीरहरु
१ः पैगम्बर मोहम्मदको जन्म भएको भनिएको पवित्र घर
२ः मक्का शरीफ
३ः ईब्राहीम अली सलम का पवित्र पाईलाहरु
सुयोग ढकाल
Liked by: