पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस





प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरू बारे जनचेतना फैलाउन र पारलैङ्गिक व्यक्ति तथा आन्दोलनका उपब्धीहरूको उत्सव मनाउनमा यो दिवस केन्द्रित छ । यो दिवस सन् २००९ मा अमेरिकी पारलैङ्गिक अधिकारकर्मी रचेल क्रेन्डलद्वारा सुरुवात गरिएको थियो । हालको विश्वव्यापी मनाइने गरिन्छ ।नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला) मा पारलैङ्गिक हरुकै समुह क्वयेर युथ ग्रुपबाट भएको थियो । त्यसपछि नेपालमा पनि यस दिवस मनाइन शुरु भयो । सन् २०२० मा त क्वयेर युथ ग्रुप ले संगठित रुपमा पारलैङ्गिक मागपत्र पनि जारी गरे । नेपालमा पारलैङ्गिक हरुको यसरी राष्ट्रिय तवरमा नै पैरवी र नितिगत सचेतनाका लागि यस सात बुँदे मागपत्रको ठूलो भूमिका छ ।

सन् २०२० मा यसै दिवसको उपलक्ष्य पारी राष्ट्रिय पारलैङ्गिक मागपत्रु जारी गरिएको हो , जसमा पारलैङ्गिक व्यक्ती तथा समूहहरूले आफ्नो लैङ्गिक पहिचानको कानूनी मान्यताको माग गरेका छन् । पारलैङ्गिक महिलाहरूले (महिला) र पारलैङ्गिक पुरुषहरूले (पुरुष) उल्लेख गर्न पाउनुपर्ने लगायत वैयक्तिक लैङ्गिक इतिहासमा गोपनीयता लगायतका विषयहरू समेत उठाइएका छन् ।

यस वर्ष अर्थात वर्ष २०२१ को यस पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस चाँही १२औं श्रृखला हो । अन्तराष्ट्रिय रुपमा यस कार्यक्रमको आयोजना गर्ने संस्था टिएसईआरले कोभिड संक्रमण जोखिमका कारणले यस वर्ष औपचारीक कार्यक्रमहरु आयोजना नहुने तर भर्चुअल्ली चाँही भाग लिन सकिने बताएको छ । यस वर्ष सन् २०२१ मा यस दिवसको कुनै नारा पनि तय गरिएन ।

संयुक्त राष्ट्र संघले जारी गरेको तथ्यपत्र अनुसार जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक ९ट्रान्सजेण्डर० व्यक्तिहरू हुन् । कुनै पनि शिशु जन्मँदा यौनाङ्गको आधारमा योनी भए बालिका वा शिश्न भए बालक भनि इङ्गित गरिन्छ । यसलाई जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भनिन्छ । लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट आफ्नो लैङ्गिकता सम्बन्धीको व्यक्तिगत अनुभूति भनि बुझिन्छ । पारलैङ्गिक महिलाहरू ती महिला हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालक भनि इङ्गित गरिएको थियो । पारलैङ्गिक पुरुषहरू ती पुरुषहरू हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालिका भनि इङ्गित गरिएको थियो । पारलैङ्गिक महिला तथा पुरुषहरू आफूलाई महिला वा पुरुष नै भनेर चिनाउँछन् वा पहिचान गर्छन् । यो महिला पुरुष भन्दा भिन्न हुँ भनेर चिनाउने ुतेस्रोलिङ्गीु पहिचान भन्दा फरक छ ।

यस दिवसको सबैलाई शुभकामना ।

रुक्शना कपाली / सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.