सन् २०२१ को सुरक्षित इन्टरनेट दिवसमा स्वागत छ । यसवर्षको सुरक्षित इन्टरनेट दिवसको परिवृत अत्यन्त फराकीलो मात्र नभई यस दिवसको महत्व पनि झनै बढेर गएको छ ।
कोरोना त्रासमा विश्व मानचित्रमा मानवीय आवागमन र भौतिक भेटघाट कम भएसंगै प्रविधी र विशेषत इन्टरनेटको प्रयोग बढेर गएको छ । इन्टरनेटको जालोमा बसेर विश्व समुदायले पूर्णकालिन रुपमा नै सामान र सेवा क्रय विक्रय गरिरहँदा, अध्ययन अध्यापन इन्टरनेट मार्फत भइरहँदा, चियापसलका गफहरु फेसबु ग्रुप र जुममा सरिरहँदा आजको विश्वलाई सुरक्षित इन्टरनेटको जोडदार आवश्यक्ता छ ।
सन् २०२१ को ९ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको १८ औं संस्करण मनाँइदै छ । यसवर्षको थिम चाँही Together for Better internet रहेको छ । यस्को अर्थ सुरक्षित इन्टरनेटका लागि एैक्यवद्धता भन्ने हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् २०१९ देखिँ चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएकोछ ।
यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि हामीले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ । राम्रो इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ । आ–आफ्नो भूमिका निर्वाह गर्नका लागि सहभागी बनौँ !
चाइल्डसेफनेट नेपालमा बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेट प्रवद्र्धनमा समर्पित विशिष्टिकृत संस्था हो । सन् २०१९ देखिँ चाइल्डसेफनेट ले नेपालमा सुरक्षित इन्टरनेट दिवस कार्यक्रमको समन्वय र विविध कार्यक्रम आयोजना गरेका थियौं । विस्तृत जानकारीे https://www.childsafenet.org/sid-2020 मा हेर्न सकिन्छ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । तीव्र प्रगतिसँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । भारी मात्रामा प्रविधिको प्रयोग गर्न वर्गका रूपमा बालबालिका तथा युवा वर्ग ज्ञ पनि रहेका छन्। डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साही बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवा वर्गका लागि इन्टरनेटलाई सुरक्षित बनाउनेसन्दर्भमा हामी सबै उत्तरदायी छौँ । त्यसैले राम्रो इन्टरनेटका लागि सामूहिक रूपमा सक्रिय बनौँ ।
सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू:
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
नेपालमा आयोजनाका लागि प्रस्तावित क्रियाकलापहरू
१. सार्वजनिक चेतनामूलक भिडियो, सोशल मीडिया पोष्टहरू, रेडियो कार्यक्रमहरू र टिभी कार्यक्रमहरू निर्माण र प्रसार गर्ने
२. बालबालिका, युवा, अभिभावक र शिक्षकहरूको लागि साइबर सुरक्षा इ-लर्निंग प्रशिक्षण सत्रहरू संचालन गर्ने
३. बालबालिका तथा युवाको लागि साइबर सुरक्षाबारे अध्ययन र अनुसन्धान गर्ने
४. अभिभावक, बालबालिका, युवा तथा सेलिब्रेटीहरूसँग अनलाईन छलफल गर्ने
५. लोकप्रिय यूट्यूब च्यानलसँग सहकार्य गरी भ्लग श्रृंखला निर्माण गर्ने
६. स्थानीय संघसंस्थासँग सहकार्य गरी साइबर सुरक्षासम्बन्धि चेतना बढाउने
कहिले ?
सुरक्षित इन्टरनेट दिवस – २०२१ को मुख्य आयोजना सन्२०२१ फेब्रुअरी ९ का दिन हुने भए पनि यस सम्बन्धी गतिविधिहरू वर्षभरि नै सञ्चालन गरिनेछन् । नेपालमा मुख्य क्रियाकलापहरू सन् २०२१ को जनवरीदेखि नै सञ्चालन हुनेछन्।
कहाँ ?
सुरक्षित इन्टरनेट दिवस मुख्यतयाः अनलाइन, इलेक्ट्रोनिक तथा छापा सञ्चार माध्यममार्फत बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा अन्य सरोकारवालाहरू एवं जिम्मेवारी व्यक्तिहरूको सहभागितामा राष्ट्रिय स्तरमा मनाइँदै छ । यसका अतिरिक्त विद्यालयहरू, कलेजहरू, स्थानीय सरकारहरू तथा सामाजिक कार्यकर्ताहरूको सहभागितामा काठमाडौँ उपत्यका तथा देशका अन्य भागहरूमा विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
तपाईं कसरी सहभागी बन्न सक्नुहुन्छ ?
सुरक्षित इन्टरनेट दिवस मनाउने अभियानमा सहभागी हुनका लागि बालबालिका, युवा वर्ग, विद्यालयहरू, कलेजहरू, सरकार, प्रहरी, कानुन व्यवसायीहरू, निजी क्षेत्र, इन्टरनेट सेवा प्रदायक संस्थाहरू, राष्ट्रिय-अन्तरराष्ट्रिय संस्थाहरू, सञ्चार माध्यमहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न जिम्मेवारीवहन गरिरहनुभएका महानुभावहरूलाई हामी आमन्त्रण गर्न चाहन्छौँ ।
तपाईंहरू सामूहिक छलफल, प्रशिक्षण, रमाइलो मेलाहरू, सञ्चार क्रियाकलापहरू, हाजिर जवाफ जस्ता चेतना अभिवृद्धिसम्बन्धी विभिन्न क्रियाकलाप आयोजना गर्न सक्नुहुन्छ ।
सरकार, प्रहरी तथा कानुन व्यवसायीहरूले सुरक्षित इन्टरनेट दिवस लाई साइबर सुरक्षा नीतिको कार्यान्वयन तथा कानुनी सुरक्षा सबलीकरणका लागि अवसरका रूपमा उपयोग गर्न सक्नुहुन्छ । इन्टरनेट सुविधा प्रदायक संस्थाहरू लगायतका निजी क्षेत्रहरू सेवा तथा आर्थिक सहयोग उपलब्ध गराएर संलग्न हुन सक्नुहुन्छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुका साथै आ–आ– आफ्ना परियोजनाहरूमा साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धिलाई एकीकृत गरेर सहयोग पुर्याउनुहुनु अनुरोध गर्दछौँ ।
चेतना अभिवृद्धिका लागि साइबर सुरक्षासम्बन्धी सन्देशहरू सम्प्रेषण गर्नमा आफ्ना पहुँच तथा प्रभाव उपयोग गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक रूपमा प्रतिष्ठित व्यक्तित्वहरूलाई अनुरोध गर्दछौँ ।
यस अतिरिक्त तपाईँहरूले अन्य रोचक क्रियाकलापहरू पनि आयोजना गर्न सक्नुहुन्छ ।
चाइल्डसेफनेटबारे
चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत गैरसरकारी संस्था हो । हामी इन्टरनेटसम्बन्धी लत, अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर–बुलिङ्ग, फिसिङ्ग, अनलाइन गेमसम्बन्धी लतबाट बालबालिका तथा युवा वर्गलाई सुरक्षित गर्नका लागि इन्टरनेट तथा डिजिटल सामग्रीको सुरक्षित प्रयोगसम्बन्धमा चेतना जगाउन एवं डिजिटल साक्षरता गर्नका प्रवर्धनका लागि काम गरिरहेका छौँ । यस संस्थामा साइबर सुरक्षासम्बन्धमा वृहद्राष्ट्रिय एवं अन्तरराष्ट्रिय अनुभव तथा विशेषज्ञता भएका बाल संरक्षण विशेषज्ञहरूका साथै प्रविधिसम्बन्धी जानकारी निकै उत्साही युवा वर्गको संलग्नता रहेको छ ।
हामी बालबालिका तथा युवा वर्गका समूहहरू, अभिभावकहरू, विद्यालयहरू, सरकार, सञ्चार माध्यम, निजी क्षेत्र तथा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दैछौँ ।
Liked by: