गौरी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

गौरी व्रत





चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवााहित स्त्रीहरु र कुमारीहरु दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गणगौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।

खेतमा बालीहरु लगभग काटिइसकेको अवस्था छ, गहुँका बालाहरु काटेर बाली भित्राइसकिएको अवस्था छ । नयाँ वर्षका शुरुवाती दिनहरु, खुल्ला आकाश अनि लामो लामो साँझहरुले लामो दिनको झल्को दिइरहेका छन् ।

सामन्यतया चैत्र महिनाको सक्रान्तिका दिनदेखि यस व्रतको शुरुवात हुने र आजका दिन यसको समापन गरिने चलन रहन्छ । पक्षका हिसाबले हेर्दा चैत्र कृष्ण पक्षको शुरुवातदेखि शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन अवधिको व्रतका रुपमा यो व्रतलाई मानिन्छ ।

शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ । यद्यपि यस व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरुसम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय बोकेको यस व्रतको सबैलाई शुभकामना ।

अर्को हिसाबले यस व्रतलाई आउँदै गरेको मनसुनको स्वागतका रुपमा पनि लिन सकिन्छ । पानी बोक्न गएका बादलहरुले यथेष्ट पानी अनि चिस्यानहरु लिएर आऊन् । सबैको मनकामना पूरा होस्, शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.