कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः।
शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥
बालबालिका सँधै आकर्षक र हेर्नको लागि रमाइलो हुन्छन। उनीहरुको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ।
नोभेम्ब २० तारिख सन् २०२४
पृष्ठभूमि
बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।
सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उत्प्रेरणा दिएको छ ।
नोभेम्बर २० तारीकमा
बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मिती मा मनाउदै आएको भए ता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ता हरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।
बालबालिकाहरु लाई मन नपराउने मान्छे सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर नहोला र ? बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली बिश्व मै ठुला ठुला परिवर्तन ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरु को हिफाजत गरी उनीहरु को शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरीक हरुले आ आफ्नो तर्फबाट आ आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।
अन्तराष्ट्रि बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरु को निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चााहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालीका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौम ।
सन् २०२४ को बाल दिवसको नारा
Listen to the future
अर्थात् भविष्यको आवाज सुनौं भन्ने अर्थ लाग्दछ ।
बाल अधिकार
बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकार हरु पर्दछन । तर पनि कैयन बालबालिकाहरु को सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ , कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी बञ्चित छन, खाना खान नपाएर कैयन बालबालीकाहरु कुपोषणको शिकार भईराखेका नै छन, द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त बातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन ।
अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विश्व भरी नै विभिन्न देशहरुमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था हरुले सेमिनार, गोष्टि र विभिन्न खेलकुदका कार्यक्रम का साथै सृजनात्मक कार्यक्रमहरुको आयोजना गरी बालबालिकाहरु लाई मनोरञ्जन गराउने सकारात्मक प्रयास गरेका हुन्छन । जसले गर्दा बालबालिकाहरु ले आफ्नो सृजना र क्षमताको प्रदर्शन गर्ने अवसर पाउनुको साथै यस दिन धेरै राहत र खुसीको महशुस गर्ने गर्दछन ।
यसपाला को बिश्व बालअधिकार दिवसको नारा भनें सेभ द चिल्ड्रेन अनुसार बालबालिका बिरुद्ध को अपराध बन्द गरौं भन्ने रहेको छ ।सिरिया देखि लिविया हुँदै बिश्वका हरेक कुना कुनामा बालबालिका लाई यो वा त्यो ढगंमा बालअधिकार उल्लघंन गरिन्छ । यसपाला हाम्रो देशमा पनि अरु बर्षभन्दा धेरै नै बालबालिका बिरुद्धका अपराधका घटना अनि बालबालिका हराएका, बेपत्ता पारिएका र हत्या गरिएका लगायतका घटनाहरु सुनिएको अनि देखिएको छ । झापामा एकजना बालकको हत्या बिरुद्धमा उत्रिएको सर्वसाधरणहरु लाई दमन गरिएको घटनामा धेरै हताहती अनि मृत्यू सम्मका समाचार हामीले केही महिना अघि मात्रै थाहा पायौं । यस्ता धेरै घटना, नाम अनि परिवारको हिसाब किताब बाँकी छ, नेपालमा अझै पनि बालअधिकार हननका बिषयमा कडा भन्दा कडा कानुन र कार्यान्वयन पक्ष चुस्त हुन जरुरी छ ।
बालबालिकाहरु का लागी काम गर्ने थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु छन । ती निकायहरु सँगको तालमेलमा विश्वका प्रत्येक नागरीकले आ आफ्नो तर्फबाट सामाजिक, नैतीक, मानसिक वा आर्थिक तवरले साने सहयोग मात्र पनि गर्न सकेको खण्डमा थुप्रै बालबालिकाहरु ले फक्र्रिने अवसर प्राप्त गर्न सक्छन । बालबालिकाहरु को प्रत्येक अधिकारु सुनिश्चित गर्न हामि प्रत्येक देशका नागरीकहरु सक्षम हौँ । अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हामि सारा नेपालीको तर्फबाट यहि शुभकामना प्रत्येक बालबालिकाहरु मा । सबै बालबालिका को जय होस ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: