पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् षष्ठी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस सबै सुस्त श्रवण मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा अनौठो अवसर हो। सुस्त श्रवण समुदायहरू, सरकारहरू र नागरिक समाज सङ्गठनहरूले आफ्नो देशको जीवन्त र विविध भाषिक परिदृश्यहरूको भागको रूपमा राष्ट्रिय साङ्केतिक भाषाहरूको प्रवर्द्धन र पहिचानमा आफ्ना सामूहिक प्रयासहरू कायम राख्छन्। विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवण शक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका साङ्केतिक भाषाहरू प्रयोग गर्छन् ।
पृष्ठभूमि
यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय सङ्घहरूको महासङ्घ (WFD) बाट आएको हो। प्रस्ताव A/RES/72/161 संयुक्त राष्ट्र सङ्घमा एन्टिगुवा र बारबुडाको स्थायी मिसन द्वारा प्रायोजित गरिएको थियो, ९७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू द्वारा सह(प्रायोजित यस प्रस्तावलाई १९ डिसेम्बर २०१७ मा सर्वसम्मतिद्वारा पारित गरिएको हो । सेप्टेम्बर २३ ले सन् १९५१ मा WFD स्थापना भएको मितिको सम्झना गर्दछ। यसको मुख्य लक्ष्यहरू मध्ये साङ्केतिक भाषाहरू र बहिरा संस्कृतिको संरक्षण गर्दै सुस्त श्रवण मान्छे को मानव अधिकार को रक्षा गर्नु हो । सन् २०१८ मा पहिलो पटक साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
यस वर्षको नारा भने “Sign Up For Sign Language Rights” अर्थात् सांकेतिक भाषाको अधिकारका लागि पैरवी गरौं भन्ने अर्थ लाग्दछ ।
नेपालमा साङ्केतिक भाषा
धेरैको बुझाइमा साङ्केतिक भाषा विश्वव्यापी भाषा हो, जुन हरेक देशमा एउटै हुन्छ भन्ने पाइन्छ तर त्यस्तो होइन । हामी कतिपयलाई यिनै प्रश्नहरूको जवाफ दिँदै आइरहेका हुन्छौ कि बोलिने र सुनिने भाषासरह साङ्केतिक भाषा पनि फरक-फरक देशमा फरक-फरक तरिकाबाट निर्माण भएका हुन्छन् । जस्तै: अमेरिकन साङ्केतिक भाषा, ब्रिटिस साङ्केतिक भाषा, इन्डियन साङ्केतिक भाषा, जापनिज साङ्केतिक भाषा आदि ।
विश्वका सयौँ देशले आ-आफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका हुन्छन् । कुनै देशमा त्यस देशको भौगोलिक धरातलको कारण एउटै शब्दको पनि एउटा भन्दा बढी साङ्केतिक भाषा भए पनि देशव्यापी रूपमा सबै बहिराहरूले बुझ्न सक्छन् । नेपालमा पनि भौगोलिक विविधताकै कारण केही शब्दको साङ्केतिक भाषा एकभन्दा बढी प्रयोग हुने गरेको छ ।
२०४५ साल अघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका ३ हजार ८०० शब्द अनुमोदन भइसकेका छन् र तीमध्ये आधा जति शब्द मात्र शब्दकोशमा समावेश (प्रकाशित) भएका छन् । बाँकी शब्द क्रमशः थपिँदै र अनुमोदन हुँदै जाने क्रम यथावतै छ ।
विश्वभरिका १३३ राष्ट्रका बहिरा महासङ्घलाई सदस्यता दिएको विश्व बहिरा महासङ्घले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा सरकारबाट मान्यता दिलाउन विश्वव्यापी रूपमै वकालत गर्दै आइरहेको छ । हालसम्म १२ देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिसकेका छन् । ती देशमा अफगानिस्तान, क्यानडा, जर्मनी, हङकङ, भारत, न्यूजिल्याण्ड, नर्वे, लाटभिया, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, युक्रेन, युगोस्लाभिया रहेका छन् । अन्य देश त्यसका लागि सङ्घर्षरत रहेका छन् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: